नियम १४३
संयुक्त इजलासको अधिकार प्रयोग
ऐनको दफा २१ बमोजिम मातहतको अदालत, निकाय वा पदाधिकारीको कार्यालयको निरीक्षण गर्दा नियम १४२ मा जुनसुकै कुरा लेखिएको भए तापनि निरीक्षण गर्ने न्यायाधीशले उच्च अदालतको अधिकार प्रयोग गरी मातहतका अदालत, निकाय वा पदाधिकारीले कानून विपरीत गरेको कारबाहीको सम्बन्धमा आवश्यक आदेश दिन सक्नेछ।

तर नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा भएको थुनछेकको आदेश बदर गर्नुपर्ने देखिएमा ऐनको दफा २१ को उपदफा (५) को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भए बमोजिम गर्नु पर्नेछ।